अमेरिका पुगेका बलिउड अभिनेता शाहरुख खान प्रहरी नियन्त्रणमा

saharukलस एन्जलस, साउन २८ । बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकी प्रहरीले नियन्त्रणमा लिएका छन् ।

अमेरिकी सहर लस एन्जलसस्थित विमानस्थलमा आफू प्रहरीको नियन्त्रणमा रहेको शाहरुख खानले जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘म जहिले पनि अमेरिका आउँदा अध्यागमन विभागमा हिरासतमा लिइनु निकै दुःखलाग्दो भएको छ ।’

एक अर्को ट्वीटमा उनले प्रहरी नियन्त्रणमा आफूले ‘पोकेमोन गो’ गेम खेलिरहेको जनाएका छन् ।

केही घण्टाको अनुसन्धानपछि आफू प्रहरी नियन्त्रणबाट मुक्त भएको शाहरुखले जानकारी दिएका छन् ।

शाहरुखलाई सन् २०१३ मा पनि अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला उनलाई न्यूयोर्क विमानस्थलमा करिब दुई घण्टा नियन्त्रणमा राखिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया