चर्चित लोकप्रिय युवागायक पुस्कल शर्माको निधनको समाचार हल्ला मात्र, गायक स्वयम् ले लेखे यस्तो स्ट्याटस(हेर्नुहोस भिडियो सहित)

भाद्र २५, काठमाडौं- चर्चित युवा लोक गायक पुष्कल शर्मा! हरेक लोकगित प्रेमीको मनमुटुमा बस्न सफल एउटा नाम जसका हरेक गित श्रोताको मनमुटुमा बस्न सफल रहेका छन ।
उनै लोकप्रिय गायक शर्माको पछिल्लो एल्बम मुटु जलाई जलाई-३ को गीत “नजिक भय मलामी आइदिनु है साथी म मरेको खबर पायौ भने गित लेखेर गाइदिनु है साथी” बजारमा आयपछी भने उक्त म्युजिक भिडियो कै कारण एउटा अफवाह बजारमा हावासरि फैलिन पुग्यो । गीतको भिडियोलाई हेर्ने हो भने उनको बाइक दुर्घटनामा मृत्यु भएको र कोमल ओलीले समाचार बाचन गरेको साथै विभिन्न बरिष्ठ गायक हरुले श्रद्दन्जलिका शब्द पोखेको देख्न सकिन्छ । त्यसैलाई आधार बनायर अनलाइन मिडिया र ब्लग हरुले “गायक पुस्कल शर्माको मोटरसाइकल दुर्घटनामा मृत्यु” भन्दै उक्त म्युजिक भिडियो शेयर गरेपछि यस्तो हल्ला फैलन पुगेको गायक पुस्कल शर्माले जुमएनपी डटकम लाइ बताएका छन ।

यस्तो अफवाहले आफुलाई माया गर्ने श्रोता हरुलाई चोट पुगेको मा माफी माग्दै गायक शर्माले आजै मात्र आफ्नो फेसबुक पेज मार्फत यस्तो स्ट्याटस राखेका छन । त्यसैले हल्लाको पछाडी नलागी अनलाइन मिडियामा आएको समाचार को हेडलाइन मात्र पढ्ने बानि हटायर पुरा समाचार पढ्ने बानि बसालिदिनु हुन् सम्पूर्ण पाठकबर्गमा अनुरोध गर्दछौ ।
गायक पुस्कल शर्माको स्ट्याटस

मुटु जलाइजलाई-३ को मार्मिक म्युजिक भिडियो

Loading...

यसमा तपाईको प्रतिक्रिया