टुंगिने भयो आदर्श जोडी मानिएका चर्चित हलिउड जोडी ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्ध

असोज ५ । बलिउडका चर्चित जोडी ब्राड पिट र एन्जेलिना जोलीको डिवोर्स हुने भएको छ । सन् २००४ एक भएर सन् २०१४ मा बैबाहिक जीवनमा वाँधिएका उनीहरु विश्वमै चर्चित बनेका थिए । तर हाल आएर उनीहरुको वैवाहिक जीवन समाप्त हुने वीवीसीले जनाएको छ ।brad-angelina

हलिउडकी सर्वाधिक चर्चित नायिका एन्जेलिनाले ब्राड पिटसँग डिभोर्स गर्नका लागि अदालतमा फाइल दर्ता गरेकी छिन् । आफ्नो १२ वर्षको संगैको यात्रा टुंग्याउने निर्णय गर्दै नायिका जोलीले अदालतमा डिभोर्स फाइल दर्ता गरेको उनका वकिलले जनाएको छन् ।

यति लामो यात्रालाई किन टुंग्याउन चाहिन भन्ने बारे भने अहिले केही प्रतिक्रिया दिएकी छैनन् । उनीहरुका ६ जना बच्चाहरु छन् ।

Loading...

यसमा तपाईको प्रतिक्रिया