प्रेमकथामा आधारित भुवन केसीको सुपरहिट चलचित्र ड्रिम्स अब युट्युबमा !

काठमाडाैं-नायक भूवन केसीको डेब्यु निर्देशन रहेको चलचित्र ड्रिम्स चाडैं युट्युबमा सार्वजनिक हुने भएको छ । ड्रिम्स अब आउँदो शुक्रबार युट्युबमा सार्वजनिक हुने भएको छ |

अनमोलको तेस्रो चलचित्र रहेको ड्रिम्सले बक्सअफिसमा करोडौको व्यापार गरेको थियो ।

चलचित्रको व्यापक सफलता पछि अनमोलको क्रेजसँगै यसै चलचित्रबाट डेब्यु गरेकी नायिका सम्राज्ञी शाहको चर्चा पनि चुलिदै गएको छ । साम्राज्ञीले ड्रिम्सका लागि उत्कृष्ट नव नायिका अवार्ड पाइसकेकी छिन् | यस्तै अनमोलले पनि फ्यान अवार्डमा स्टार अफ दयर अवार्ड पाएका थिए । भुवन केसीले पनि यसै चलचित्रका लागि उत्कृष्ट नव निर्देशक हात पार्न सफल भए ।

ड्रिम्सको छायांकन, चलचित्रका गीत, संगीत र नृत्य निर्देशन तारिफयोग्य छ । चलचित्रमा अनमोल र सम्राज्ञीको केमिस्ट्री सुहाएको छ ।

हाइट्लाइट्स नेपालको युत्युब च्यानलमा सार्वजनिक हुन लागेको ड्रिम्सको छोटो चलचित्र भने सार्वजनिक भइसकेको छ ।

Loading...

यसमा तपाईको प्रतिक्रिया