फेरी आयो दुखको खबर : नायक ओम क्षत्रीको मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडाैं  कात्तीक  २३ मोडल तथा चलचित्रका नायक ओम क्षत्री (अर्जुन प्रसाद पौडेल)को निधन भएको छ । आईतबार राती साँढे नौ बजे मोटर साइकल दृर्घटनामा परेर उनको निधन भएको महानगरीय प्रहरी वृत महाराजगञ्जका इन्सपेक्टर तुल्सी भट्टराईले पुष्टि गरेका छन् ।

model-ko-nidhan
गोंगवुबाट चक्रपथ तर्फ जाँदै गरेको उनको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

बा ४५ प ६९१५ नम्बरको आरवान फाइब मोटरसाइकल गती धेरै भएका कारण अनियन्त्रित भई दृर्घटना भएको प्रहरीले जनाएको छ ।

दृर्घटना पछि उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

क्षत्रीको मोटर साइकल पछाडी बस्ने भत्तपुर बालकोटका २२ बर्षिय कृष्ण बस्नेत भने गम्भिर घाइते भएका छन् । बस्नेतको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर भट्टराईले जानकारी दिए ।

कलाकार क्षत्रीले दर्जन हाराहारीमा म्युजिक भिडियो तथा ‘कस्तो टेन्सन’, ‘तरंग’ र ‘कसिंगर’ गरि तिन चलचित्रमा अभिनय गरेका छन् ।

‘कस्तो टेन्सन’ गत वर्ष प्रर्दशनमा आएको थियो भने अरु दुई चलचित्र प्रदर्शनमा आउन बाँकी छन् । क्षत्रीको सोमबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Loading...

यसमा तपाईको प्रतिक्रिया