बेलिडान्सर तथा गायिका कमला सापकोटाले दुइ गायिकाहरु जुना प्रसाई र प्राश्ना शाक्यलाई साक्षी राखेर सार्वजनिक गरिन उनको ‘डार्लिंग”(हेर्नुहोस भिडियो सहित)

झापा मा जन्मिएर काठमाडौं लाइ आफ्नो कर्मथलो बनाउदै आएकी “बेलिडान्सर तथा गायिका कमला सापकोटाको” नयाँ म्युजिक भिडियो ‘डार्लिङ’ सार्बजनिक भएको छ । गत शनिबार मीनभबनस्थित पानस रेस्ट्रोमा गायिका प्राश्ना शाक्य, जुना प्रसाँई तथा स्वयं सापकोटाले संयुक्त रुपमा सार्बजनिक गरेका हुन ।kamla

‘डार्लिङ’ गीतको शब्द तथा संगीत  गायिका सापकोटाकै रहेको छ । यसमा संगीत संयोजन भने विकास भुजेलको रहेको छ । यस गीतको म्युजिक भिडियोमा कमलासँगै पवन पाठकको नृत्य रहेको छ । त्यस्तै विज्ञान तथा दीप्सनको समेत अभिनय रहेको छ । ‘यस गीतबाट मैले धेरै नै आशा गरेकी छु ।’ गायिका सापकोटाले भनिन्, ‘यो सहभागिताले पनि ममा उत्साह थपिएको छ ।’ 

गीतको भिडियोलाई अहिलेका व्यस्त निर्देशन पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माको रहेको छ भने सम्पादन प्रवीन श्रेष्ठको रहेको छ ।

हेर्नुहोस भिडियो:

 

Loading...

यसमा तपाईको प्रतिक्रिया