सुजातालाई पैसा दिने र विरोध पनि नहुने गरी दीपकले दिए गज्जबको सुझाव

deepak-raj-giri
काठमाडौं, १ मंसिर । काँग्रेस नेत्री सुजाता कोइरालालाई उपचारका लागि ५० लाख दिने सरकारी निर्णयको चौतर्फी विरोध भइरहेका बेला हास्य कलाकार दीपकराज गिरीले उनलाई पैसा पनि दिने र विरोध पनि नहुने गज्जबको आइडिया सुझाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपकले व्याङ्ग्यात्मक सुझाव दिएका हुन् । सुजातालाई भारतले खारेज गरेको ५ सय र १ हजार दरका आइसी नोट दिनुपर्ने दीपकको व्यङ्गात्मक सुझाव छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘सुजाताजीलाई दिएको ५० लाखको बारेमा विरोध गरे । मेरो विचारमा विरोध गर्नु, कराउनु बेक्कार छ । बरु पैसाचाहिँ भारु १ हजार र ५ सयको नोट दिए भैगो नि ! राष्ट्र बैंकलाई घाँडो भएको पैसाको सही सदुपयोग ।’

चल्दै नचल्ने पैसा दिँदा किन विरोध गर्नु ? छैन त कमालको आइडिया ! चल्नै पैसा त उनीसँगै छ नि !

deepak-raj-giri

दीपक साजाजिक सञ्जालमा निकै सक्रिय रहने कलाकार हुन् । उनले समसामयिक विषयमा यस्तै टिप्पणी गर्ने गरेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया