मलेसियामा रहेका सम्पूर्ण गैरकानुनी कामदारलाइ अहिले सम्मकै ठुलो राहत, अब हुदैन कारबाही सरकारले दिनेभयो कामको लागि वर्कपास

मलेसियामा रहेका सम्पूर्ण गैरकानुनी कामदारलाइ अहिले सम्मकै ठुलो राहत, अब हुदैन कारबाही सरकारले दिनेभयो कामको लागि वर्कपास
काठमाडौं, ४ माघ - मलेसियामा रहेका गैह्र कानुनी कामदारले पनि अब बैध कामदारले सरह काम गर्न पाउने भएका छन् । त्यहाँको सरकारले गैह्र कानुनी विदेशी कामदारका लागि अस्थाइ वर्कपास दिने घोषणा गरेको हो । सरकारले अस्थायी वर्कपास लिएर काम गर्न सकिने व्यवस्था लागू गर्ने घोषणा गरेको त्यहाँको पत्रिका द स्टारले लेखेको छ । अब मलेसियामा रहेका हजारौं गैह्र कानुनी कामदारले राहत पाउने छ । हजारौं नेपाली कामदारपनि मलेसियामा गैह्र कानुनी तरिकाले बसिरहेका छन् । ...

​मलेसियाले गैह्रकानुनी विदेशी कामदारलाई अस्थायी वर्कपास दिने,नेपाली कामदारलाई राहत

​मलेसियाले गैह्रकानुनी विदेशी कामदारलाई अस्थायी वर्कपास दिने,नेपाली कामदारलाई राहत
४ माघ, काठमाडौं । मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिएर  काम गर्न सक्ने व्यवस्था गरेको छ ।   विभिन्न क्षेत्रमा कामदार अभाव भएको र उद्योगहरुको सञ्चालनमै अवरोध पुगेको गुनासो बढ्दै गएपछि सरकारले अवैधानिकलाई अस्थायी श्रम अनुमति दिन लागेको उपप्रधानमन्त्री डा. अहमद  जाहिद हमिदीलाई उद्धृत गर्दै द स्टार अनलाइनले लेखेको छ। यसले मलेसियमा अवैधानिक रुपमा रहेका हजारौं नेपाली कामदारलाई पनि राहत मिल्नेछ ।अवैधानिक कामदार अब...

मृत्युदण्ड कुरेर बसेका अमर बमको रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई यूएईमा ज्ञापनपत्र

मृत्युदण्ड कुरेर बसेका अमर बमको रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई यूएईमा ज्ञापनपत्र
युएई, ३ माघ । यूएईमा मृत्युदण्डको सजाय सुनाईएर १४ बर्षदेखि कारगारको जीवन बिताईरहेका दार्चुला जिल्ला धारी गाबिसका अमर बहादुर बमलाई रिहाई गराउनुका लागि आग्रह गर्दै सुदूरपश्चिम सेवा समाज यूएईले चार दिने भ्रमणका लागि युएई आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्व उर्जा भविष्यबारेको सम्मेलनमा सहभागी हुन अबुधाबी आउनु भएको मौका छोपी सुदूरपश्चिम सेवा समाज युएईका अध्यक्ष चेतबहादुर थापाको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको हो । विदेशमा गएर पैसा...

मलेसियामा काम गरिरहेका सम्पूर्ण नेपालीलाई दुखद खबर: लेभी हटाउने निर्णय १ बर्ष पछी सर्यो

मलेसियामा काम गरिरहेका सम्पूर्ण नेपालीलाई दुखद खबर: लेभी हटाउने निर्णय १ बर्ष पछी सर्यो
काठमाडौं । मलेसियाली व्यवसायीको विरोधपछि त्यहाँको सरकारले विदेशी कामदारले तिर्दै आएको लेभी रोजगारदाताले तिर्नुपर्ने भन्ने सरकारको यसअघिको निर्णयलाई एक वर्ष पछि स्थगित गरेको त्यहाँको समाचार संस्था बर्नामाले जनाएको छ ।  बुधबार बसेको मलेसिया सरकारको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारको निर्णय कार्यान्वयनका लागि एक वर्ष पछाडि सारेको हो ।  विदेशी कामदारको लेभी रोजगारदाताले तिर्दा मलेसियाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै स्थानीय व्यवसायीहरुले विरोध गरेपछि सरकारले लेभी हटाउने निर्णय...

साउदीमा मृत्यु भएको श्रीमानको शव कुर्दाकुर्दै हृदयघातले श्रीमतीको मृत्यु

साउदीमा मृत्यु भएको श्रीमानको शव कुर्दाकुर्दै हृदयघातले श्रीमतीको मृत्यु
रोल्पा, २७ पुस– डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी...

मलेसियामा कामदारले अब लेबी तिर्नु पर्दैन, नेपालीको वार्षिक अर्बौ रुपैयाँ बच्ने

मलेसियामा कामदारले अब लेबी तिर्नु पर्दैन, नेपालीको वार्षिक अर्बौ रुपैयाँ बच्ने
काठमडौं, १७ पुस । मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको खबर आजको नयाँ पत्रिकामा छ । मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम आइतबारदेखि लागू हुने जनाएका छन् । मलेसिया सरकारले दुई वर्षअघि मात्र लेबी शुल्क दोब्बर बनाएको थियो । कामदारले वार्षिक दुई हजार ६ सय रिंगेट लेबी तिर्नुपर्ने अवस्था थियो । कामदारसँग लेबी उठाएकोमा मलेसियाको आलोचना हुँदै आएको थियो । श्रम सम्झौता...

७ बर्ष इजरायलमा काम गरि बिदामा गएकी दार्जीलिङकी नेपालीभाषी चेली रुबिनाको उपचारका क्रममा मृत्यु

७ बर्ष इजरायलमा काम गरि बिदामा गएकी दार्जीलिङकी नेपालीभाषी चेली रुबिनाको उपचारका क्रममा मृत्यु
इजरायल | बिगत ७ वर्ष देखि इजरायलमा कार्यरत एक नेपालीभाषी दार्जीलिङकी नेपाली चेलीको मृत्यु भएको खबर प्राप्त भएको छ । भारतको दार्जीलिङ घरभएकी रुविना क्षेत्री बिगत ७ वर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत थिइन् | एक वर्ष अघि नेपाल झापा निवासी एक नेपालीसंग बिवाह बन्धनमा बाधिएकी उनि यहाँ कार्यरत रहदै सामान्य बिरामी भएर रोग पत्ता नलागे पछि करिब ४ महिना अगाडी ४५ दिनको छुटी लिएर नेपाल गएकी थिइन् | ...

मलेसियामा हराए कुमार, बाबुआमाको इच्छाः‘उसको बोलीमात्र सुन्न पाए हुन्थ्यो

मलेसियामा हराए कुमार, बाबुआमाको इच्छाः‘उसको बोलीमात्र सुन्न पाए हुन्थ्यो
खोटाङ, मङ्सिर २९ । घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्योे, ‘त्यसको बोली मात्र सुन्न पाएपनि कस्तो हुन्थ्यो ।’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन्, “पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ आफैं सम्पर्कमा छैन । जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो !” खोटाङको उत्तरपूर्वी गाविस निर्मलीडाँडा–१ पेलुङका कुमार कटवाल विसं २०६३ मा पैसा कमाउने सिलसिलामा उमेर बढाएर मलेसिया गएका थिए । उनी अहिले घरपरिवारको...

कतारमा नेपाली कामदारलाई खुशीको खबर , अब कम्पनि फेर्न, नेपाल फर्किन अनुमति लिन नपर्ने

कतारमा नेपाली कामदारलाई खुशीको खबर , अब कम्पनि फेर्न, नेपाल फर्किन अनुमति लिन नपर्ने
२८ मंसिर, काठमाडौं । कतारमा आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । कतार सरकारले लागू गरेको  ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरेसँगै रोजगारीमा कतारमा रहेकाहरुलाई राहत मिलेको हो । दोहाका सरकारी अधिकारीहरुले ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने दाबी गरेका छन् । तर, अधिकारकर्मीहरुले नयाँ प्रणालीले पनि कामदारको सुरक्षा हुन नसक्ने जनाएका छन् । उनीहरुले कामदारहरु...

सात नेपालीले कुबेतमा शिर झुकाउने काम गरे, पक्राउ परे ४ महिला र ३ पुरुष

सात नेपालीले कुबेतमा शिर झुकाउने काम गरे, पक्राउ परे ४ महिला र ३ पुरुष
कुवेत, २६ मंसिर । कुवेतमा रक्सीको कारखाना खोलेर अबैध धन्दा गर्ने सात नेपाली पक्राउ परेका छन् । कुवेतको यारमुक भन्ने स्थानमा प्रहरीले छापामारी सात जना नेपालीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूका साथबाट १ हजार ५ सय बोतल रक्सी, ड्रममा राखिएको रक्सी बनाउने कच्चा पदार्थ बरामद गरेको छ । पक्राउ पर्ने सात जनामध्ये ४ जना महिला र ३ पुरुष छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ । उनीहरूको यो कार्यबाट नेपाली...